हेटौंडा–५ मा जनता घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम

तु खबर संवाददाता
२०८० असार ८, शुक्रबार ०९:०९

मकवानपुर । मकपानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ मा जनता घरदैलो स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।

उक्त कार्यक्रम ५ नम्वरको वडा कार्यालयको सहयोगमा पिप्ले शहरी केन्द्रले वडाका विभिन्न ६ वटा केन्द्रमार्फत् आयोजना गरेको हो ।

असारको १ गतेदेखि सुरु भई ७ गते सम्पन्न कार्यक्रममा एक हजार ४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । पिसाबमार्फत् गरिएको परीक्षणमा मृगौलाको कार्य अवस्था, पिसाबको गुणस्तर र ग्लुकोजको मात्राको अवस्था परीक्षण गरिएको थियो ।

पिप्ले शहरी केन्द्रकी प्रमुख दुर्गा दाहालका अनुसार, रक्तचापको समेत जाँच गरिएको अभियानमा सबै सेवाग्राहीहरुलाई आवश्यक परामर्श गरिएको छ ।