माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

तु खबर संवाददाता
२०८० असार ८, शुक्रबार ०८:१७
file-photo

सुर्खेत । माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको शिवालय गाउँपालिका–९ का अन्दाजी ४२ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका–१ का अन्दाजी ४० बर्षीय नरबहादुर सार्की रहेका छन् ।

छेडागाडमा माछा मार्ने क्रममा पानीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।