सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारको तुलनामा सुनचाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसा,र आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १ हजार ४३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो सोमबार १ हजार ४४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
