महिला जनप्रतिनिधिलाई पाँच दिने नेतृत्व विकास तालिम

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार १०:३४

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व तथा संस्थागत विकास तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाले वार्षिक महिला लक्षित कार्यक्रम अन्तरगत महिला जनप्रतिनिधिलाई पाँच दिने तालिम प्रदान गरेको उक्त शाखाका प्रमुख मन्दिरा थापाले बताइन् ।

तालिम वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षता तथा पालिका उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा सोमबार समापन भएको हो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष आइत सिं लो, वडा ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बजगाई, प्रशिक्षक शोभा शाह लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागी महिला जनप्रतिनिधहरुलाई प्रा.डा गोपाल शिवाकोटीले लखेका संविधानको मुल पाठ, व्याख्यात्मक टिप्पणी र ऐतिहासिक विकासक्रमसहित भएको नेपालको संविधान नामक पुस्तक हस्तान्तरण गरिएको थियो ।