रौतहटबाट पक्राउ परे हेटौंडाका बम्जन
मकवानपुर । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित सडकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित सोमबार दिउँसो हेटौंडाका एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भएका ३० वर्षीय शिशिर बम्जन रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, ना.५ ख ४९६२ नम्वरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार बम्जनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
