मकवानपुरमा एक युवती मृत फेला

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार ०८:५८

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्वर ११ स्थ्ति, घट्टेपाखामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय अन्दाजी २२ वर्षीया अनिता वाईबा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ ।

प्रहरीका अनुसार, वाईबा घरको भर्याङमा नाम्लोको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।