हेटौंडामा सचेतना एवम् सदस्यता वितरण तथा सम्मान कार्यक्रम

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १७:३४

मकवानपुर । हेटौंडामा साईबर अपराध, लागूऔषधसम्बन्धी सचेतना एवम् सदस्यता वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामूदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनामा हेटौंडा–९, स्थित प्रगती माविको हलमा भएको हो ।

कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यता एवम् सेवा केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा मकवानपुरका चार जना संचारकर्मीलाई सम्मातिन भएका छन् । सम्मानित हुनेमा संचारकर्मी गरिएको थियो । श्रीराम अर्जुन दाहाल, प्रकाश दाहाल, प्रवेश धिताल (कुन्दन) र विश्वराम अधिकारी रहेका छन् ।

यस्तै, कार्यक्रममा स्वास्थ्यकर्मीतर्फ भवानी मिश्र, मुस्कान पौडेल, कृष्ण मोहन श्रीवास्तव, तीर्थ थापा र सिम्रन थापा, स्वंमसेवीतर्फ अस्मिता अर्याल कोईराला, समीक्षा ढकाल र नानु स्याङ्तानलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा संस्थागत रुपमा विभिन्न आमा समूह, टोल विकास संस्था, विद्यालय, क्योकुशिन कराँते संघ, चर्च, उपभोक्ता हित संरक्षण मञ्च लगायत ३० जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सेवा केन्द्रका मानार्थ सदस्य एवम् पूर्व जिसस प्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका अध्यक्ष प्रदीप पराजुली, सेवा केन्द्रका सहसचिव महेश्वरमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिजस सदस्य वीरेन्द्र लामा, वडा नम्वर ९ का कार्यबहाक अध्यक्ष विष्णु लामा, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक राजु केसी लगायतको आतिथ्यता रहेको थियो ।