बाढी–पहिरो : बेपत्ताको खोजी कार्य तीव्र बनाउन प्रधानमन्त्रीको निर्देशन

तु खबर संवाददाता
२०८० असार ३, आईतवार ०८:२४
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशका विभिन्न जिल्लामा गएको बाढी–पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र्का तीब्र बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बाढी–पहिरोका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बेपत्ताहरूको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

साथै उनले विपद्मा सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।

गएरातिदेखि परेको भारी वर्षाका कारण सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । यता ताप्लेजुङमा पनि पहिरोमा परी ४ जना बेपत्ता भएका छन् ।

यस्तै, अविरल वर्षापछि आएको बाढीले बगाएर पाँचथरका ६ जना बेपत्ता भएका छन् ।