स्थापना दिवसको अवसरमा आश्रमलाई खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०८० असार २, शनिबार १५:५३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, स्थित ओम वृद्धाश्रामलाई खाद्यान्न सहयोग भएको छ ।

बागमती प्रदेश युवा परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार एक कार्यक्रमबीच आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

आश्रमलाई दुई बोरा चामल, १० केजी दाल, १ काटुन तेल, १० केजी नुन सहयोग गरेको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए ।