राक्सिराङका ३० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
मकवानपुर । अस्मिता नेपालले मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत् ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार बाल विवाह न्यूनीकरणलाई सहयोग पुग्ने उद्देश्यले वडा २, ३ र ५ नम्बर वडाभित्रका विद्यालयमा अध्ययनरत् विपन्न, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका अस्मिता नेपालकी कार्यक्रम संयोजक शान्ति कार्कीले जानकारी दिइन् ।
प्रतिविद्यार्थी ७ हजार रुपैयाँको दरले ब्याग, कलर, पोशाक, लुडो, कापी, कलमहरु आवश्यकता अनुसार सहयोग गरिएको हो ।
