मकवानपुरमा विषादी सेवनबाट एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा विषादी सेवनबाट बिहीबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको बारेकोट गाउँपालिका–६ घर भई बिगत २ वर्षदेखी मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, बस्ने राजेश चौलागाईँको घरमा घरायसी काम गर्दै आएका २० वर्षीय हिक्मत कार्की रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गत जेष्ठ ३० गते झार मार्ने किटनाशक विषादी सेवन गरी कार्की गम्भीर घाइते भएका थिए । गम्भीर बिरामी उनको हेटौंडास्थित मकवानपुर सहकारी हस्पिटलमा भर्ना भई उपचार रहेको थियो ।
उनको उपचारको क्रममा हिजो जेष्ठ ३२ गते बिहीबार राति ९ बजेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । मृतक कार्कीको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
