पक्राउ परेका कलाकार र युट्युबरलाई हिरासतमा राख्न अनुमति
काठमाडौं । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरलाई काठमाडौं जिल्ला अदालतल ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पक्राउ परेका ५ जना कलाकार र ३ जना युट्युबरलाई जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पक्राउ पर्नेमा कलाकारहरु क्रमशः राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिर रहेका छन् ।
यस्तै, युट्युबरहरु क्रमशः अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ । पक्राउ पछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो ।
प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।
