श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकमा श्रीमानको कुटपिटबाट एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ज्ञानीलाई यही जेष्ठ २९ गते घरायझी झगडामा श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान् शम्भुलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।
