बागमती प्रदेश सरकारद्वारा तरकारीको विषादी परीक्षण गर्न मेसिन हस्तान्तरण

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १५:५३

मकवानपुर । बागमती प्रदेश सरकारले तरकारीको विषादी परीक्षण गर्न हेटौंडा उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारको कृषि मन्त्रालयले विभिन्न स्थानबाट हेटौंडा भित्र्ने तरकारीको परीक्षणका उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको हो ।

मन्त्रालयले उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामालाई उपभोक्ताले विषाख्त खानेकुरा खान नपरोस् भन्ने उद्देश्यसहित तरकारीको परीक्षणका लागि मेसिन दिएको बताइएको छ ।

मेसिनले तरकारीमा प्रयोग भएको विषाधीको मापन गरी खान योग्य र अयोग्य छुट्याउने छ । मेसिन हेटौंडा–११ थानाभर्याङमा निर्माणको अन्तिम चरणमा रहेको तरकारी थोक बजारमा राखेर परीक्षण गरिने जनाइएको छ ।