करेन्टले लियो मकवानपुरका दुई जनाको ज्यान
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ तल्लोबिरेफाटस्थित बुधबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा स्थानीय अन्दाजी ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पुर्ण बहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नांगोतारलाई पोलगाडी उठाउन भनि फलामको खन्तीले खाडल खन्ने क्रममा तारलाई छुन गई करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
