अश्लील तस्बिरमा युवतीको तस्बिर जोड्ने पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १६:०५
file-photo

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्महरूमा युवतीको तस्बिर र नाम राखी नक्कली प्रोफाइल खोल्नुका साथै अश्लील तस्बिर तथा भिडियोहरूमा अनुहार जोडेर चरित्रहत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय रामकुमार सुनार रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले सुनारलाई विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार छ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।