प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक पेस

तु खबर संवाददाता
२०८० जेष्ठ २९, सोमबार १९:१०
file-photo

काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा दुई वटा विधेयक पेस भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तुत गरेका हुन् । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिएका थिए ।

तर, उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । अहिले विनियोजित विधेयकको विषयमा छलफल सुरु भएको छ ।