फर्निचर व्यवसायी संघ मकवानपुरको साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडामा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ मकवानपुरको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभा संघको अध्यक्ष कृष्णा अर्यालको सभाध्यक्षता तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष सुजिल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
साधारण सभामा सचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
संघका अध्यक्ष कृष्ण अर्यालले बढ्दो व्याजदरका कारण व्यवसायीहरुले आत्महत्या गर्न बाध्य भएको अवस्थामा राजमार्ग २५ मिटरले थप तनाव बढ्ने बताए । उद्योग वाणिज्य संघमार्फत स्थानीय सरकार, प्रदेश सरकारसँग सहकार्य गर्दै एकीकृत बजार व्यावस्थापन गर्न अनुरोध गरिएको अध्यक्ष अर्यालले बताए ।
