मंगलबारदेखि गर्मी घट्ने सम्भावना
२०८० जेष्ठ २८, आईतवार ०८:०७
काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी घट्ने सम्भावना रहेको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंगलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनको भनाई छ ।
यस्तै, आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।
