प्रेस चौतारीको वार्षिकोत्सव सम्पन्न, दुई पत्रकारलाई सम्मान

तु खबर संवाददाता
२०८० जेष्ठ २७, शनिबार १७:३०

मकवानपुर । प्रेस चौतारी मकवानपुरको वार्षिकोत्सव शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

प्रेस चौतारी मकवानपुरले आफ्नो वार्षिकोत्सवको अवसरमा दुई जना पत्रकारलाई सम्मान गरेको छ । चौतारीले पत्रकार उज्ज्वल अधिकारी र निशा गुरुङलाई सम्मान गरेको हो ।

अधिकारीलाई प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो भने गुरुङलाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रेस चौतारीको संघीय समितिका पदाधिकारी, विभिन्न संगठनका पदाधिकारीको आतिथ्य रहेको थियो ।