हेटौंडामा एक दम्पती मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चाइना क्वाटरमा शुक्रबार राति एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय अन्दाजी ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र निजकै श्रीमती अन्दाजी ७४ वर्षीया नन्द कुमारी दाहाल झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, शुक्रबार राति ९ बजेको समयमा आफ्नै तिन तल्ले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुबै जना अन्दाजी २/३ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मृतक दम्पती आफ्नो कान्छो छोरा–बुहारीसँग बस्दै आएका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
