हेटौंडा–१४ का ३५ जना विद्यार्थीलाई छात्रावृत्ति

तु खबर संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १८:५०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित भुकुटी माध्यमिक विद्यालयले ३५ जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेको छ । विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत दलित विद्यार्थी र छात्रा गरी ३५ जनालाई छात्रावृत्ति वितरण गरेको हो ।

विद्यालयले नेपाल सरकारले प्रदान गर्ने ‘छात्रा शिक्षा कोष ’ अन्तर्गतको छात्रावृत्ति ४ सय रुपैयाँका दरले छात्रावृत्ति वितरण गरेको हो । १ कक्षादेखि ८ कक्षासम्मका अध्ययनरत विद्यार्थीहरुलाई दिईने छात्रावृत्ति पहिलो चरणमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई वितरण गरिइको विद्यालयका शिक्षक सिद्धान्त सापकोटाले जानकारी दिए ।

उनका अनुसार १ देखि ५ कक्षा र ६ देखि ८ कक्षासम्म बाँकी विद्यार्थीहरुलाई पनि केहि दिनभित्रै छात्रवृत्ति वितरण गरिनेछ । उक्त विद्यालयमा कक्षा १० सम्म पढाई हुने गरेको छ भने ३ सय ४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।