मकवानपुरका गोले मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, दहिदमारमा आज बिहान एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा स्थानीय अन्दाजी २४ वर्षीय रोशन गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गोले आफ्नै घरदेखी ६०÷७० मिटर दक्षिणतर्फ रहेको आँपको रुखमा गल्बन्दीको पासो लगाई झुण्डिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
मृतक गोलेको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
