मौसमको मौसम : यी प्रदेशमा हल्का वर्षा, तराईमा ‘लू’ चल्ने

तु खबर संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार ०८:३३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी भू–भागको एक–दुई स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने भन्दै महाशाखाले जसका कारण त्यहाँ अझै केही दिन ’लू’ चल्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।