मापदण्ड पुगेका पत्रकारलाई सदस्यता दिन फोनिजको आग्रह
मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको क्रममा मापदण्ड पुगेका पत्रकारलाई सदस्य हुनबाट बञ्चित नगराउन आग्रह गरेको छ ।
फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मापदण्ड पुगेका पत्रकारलाई नेपाल पत्रकार महासंघको सदस्यता दिन र मापदण्ड नपुगेका पत्रकारलाई सदस्यता नदिन आग्रह गरेका छन् ।
‘श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले देशैभर सदस्यता शुद्धीकरण अभियान संचालन गरिरहेको छ, सदस्यता शुद्धीकरण अभियानप्रति फोनिज मकवानपुर विशेष धन्यवाद व्यक्त गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
गर्वीलो इतिहास बोकेको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको क्रममा मापदण्ड पुगेका आदिवासी जनजाति लगायत सबै पत्रकारलाई महासंघको सदस्य हुनबाट बञ्चित नगराउन तथा मापदण्ड विपरित कुनैपनि पत्रकारलाई सदस्यता प्रदान नगर्न महासंघको जिल्ला शाखा मकवानपुर, बागमती प्रदेश समिति र संघीय (केन्द्रीय) समितिलाई फोनिज मकवानपुरले आग्रह गरेको छ ।
