सरकारको बजेटमाथि आज पनि छलफल जारी रहने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएकोे हो । उक्त बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउँ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् ।
बजेटको कार्यान्वयन भने अधिकांश सांसद्हरुले संशय प्रकट गर्दै आएका छन् ।
