बागमतीमा अपराधसम्बन्धी ४०५४ वटा मुद्दा दर्ता

तु खबर संवाददाता
२०८० जेष्ठ २४, बुधबार १५:३३

मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षमा अपराध सम्बन्धी ४ हजार भन्दा बढी दर्ता भएको छ । प्रदेशमा चालु आव २०७९/०८० को हालसम्म ४ हजार ५४ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकमा उल्लेख छ ।

तथ्याङ्क अनुसार, गत वर्ष चालु आवको तुलनामा यस वर्ष अपराधका मुद्दा दर्ता ३.१ प्रतिशतले बढेको देखिएको छ । गत चालु आवमा ३ हजार ९३४ वटा मुद्दा दर्ता भएको थियो ।

चालु आवमा कर्तव्य ज्यान मुद्दामा ३६, ज्यान मार्ने उद्योगमा ६३ मुद्दा, सवारी ज्यान मुद्दामा २०८, लागूऔषध मुद्दा ३२२, जवरजस्ती करणी मुद्दामा ५९ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, आत्महत्या दुरुत्साहन मुद्दामा ७९४, ठगी मुद्दामा ५७, चोरी मुद्दामा २५९, जुवासम्बन्धी मद्दामा ३३, बहुविवाह मद्दामा ६५ र अन्य शिर्षकमा १ हजार ९३४ मुद्दा दर्ता भएको तथ्याङरकमा उल्लेख छ ।