जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

तु खबर संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १६:३३

धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।

उक्त शव गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुढाको शव घर नजिकैको केदारेश्वर सामुदायिक वनमा गाडेको अवस्थामा फेला परेको हो ।

बुढाका परिवारले उनी हराएको भन्दै सोमबार खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । खोजी कार्य गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।