सरकारको बजेटमाथि सामान्य छलफल प्रारम्भ

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार १८:४०
file-photo

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन् । मन्त्री डा.महतले यही जष्ठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए ।