अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ ।
बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन ।
बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
