हेटौंडाका विद्यालय आजबाट ६ दिनका लागि बन्द

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार ०८:२७

मकवानपुर । केही दिनयता गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिकाका निजी तथा सामुदायिक विद्यालय आजबाट ६ दिन बन्द हुने भएको छ ।

अत्यधिक गर्मी बढेकाले हेटौंडा उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र ।हृकाृ निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि उपमहानगरपालिकाले शुक्रबार निर्णय गर्दै आ–आफ्नो क्षेत्रमा वडा कार्यालयलाई नै विदा दिने जिम्मा दिएको थियो ।

त्यसैअनुसार हेटौंडाका केही वडा कार्यालयहरू आफैले निर्णय गरेर आइतबारदेखि लागू हुने गरी तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थिए । तर, उपमहानगरपालिकाले शनिबार अर्को निर्णय गर्दै ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।