अपडेट : हेटौंडामा भेटिएको शवको सनाखत
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान भेटिएको शवको सनाखत भएको छ ।
बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, राईटोलबाट गढीस्थित मनकामना जाने बाटोको जंगलमा भेटिएको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त शव जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ देउराली बस्ने अन्दाजी ३७ वर्षी सन्तबहादुर भोलनको रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनका अनुसार, उक्त शव भोलनको रहेको भनि निजको बुबाले आई सनाखत गरेका हुन् । भोलनको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा लगिएको छ ।
बिहान स्थानीयले ती पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्यु के कारणले भएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
