ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपिएफ फुटबल क्लबबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमने सामने हुनेछन् । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
