मकवानपुरको बकैयामा भोलिदेखि एक साता सबै विद्यालय बन्द हुने
मकवानपुर । अत्यधिक गर्मीको कारण मकवानपुरको बकैया गाउँपालिकामा भोलि आइतबारदेखि एक साताका लागि सबै विद्यालय बन्द हुने भएको छ ।
बकैया गाउँ शिक्षा समिति मकवानपुरको निर्णय अनुसार, भोलिदेखि बकैया गाउँपालिका भित्र रहेकोसम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साता बन्द हुने भएको हो । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दैं सो बारे जानकारी गराएको हो ।
गाउँपालिकाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा अत्यधिक गर्मीको कारण विद्यार्थीहरुका स्वास्थ्यमा समस्या सिर्जना भई विद्यालयको पठनपाठनमा नकारात्मक असर परिरहेको अवस्थालाई मध्यनजर गरी मिति २०८० जेठ २१ गतेदेखि २०८० जेठ २७ गतेसम्म वर्षे विदाबाट मिलान हुने गरी सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिने बकैया गाउँ शिक्षा समिति को मिति २०५०।०२।१९ गते बसेको बैठकबाट निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
साथै सो विदाको समयमा विद्यालयका प्रशासनिक गतिविधि नियमित रुपमा सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
