हेटौंडामा घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, कमलडाँडामा घाइते अवस्थामा फेला परेका एक पुरुषको आज बिहान मृत्यु भएको छ ।
हाल नामथर वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, ती पुरुष शुक्रबार स्थानीय उत्तम उप्रेतीको घर नजिकै टाउकोमा चोट लागेको अवस्थामा फेला परेका थिए । घाइते फेला परेका उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो ।
घाइते उनको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
