ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै

तु खबर संवाददाता
२०८० जेष्ठ १८, बिहीबार ०८:१४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । अखिल फुटबल संघ (एन्फा) का अनुसार आजका तीन खेलमध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजेबाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र खुमलटारबीत प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।