ए डिभिजन लिगमा आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०८० जेष्ठ १६, मंगलवार ०८:२३
file-photo

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमनेसामने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ ।