प्रदेश खेलकुद : पुरुष फुटबलमा आज मकवानपुर र काठमाडौं भिड्दै

तु खबर संवाददाता
२०८० जेष्ठ १३, शनिबार ०९:३७
file-photo

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि आज फाइनल खेल हुने भएको छ । आज घरेलु टोली मकवानपुर र काठमाडौंबीच स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको हो ।

खेल पिप्ले क्याम्पा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । बिहीबार भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–० गोलले पराजित पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

त्यस्तै, पिप्ले क्याम्पा रंगशालामै बिहीबार भएको दोस्रो सेमिफाइनलमा मकवानपुरले काभ्रेपलाञ्चोकमाथि ३–० गोलको जित निकाल्दै स्वर्णका लागि काठमाडौंसंगको भेट पक्का गरेको थियो ।

प्रतियोगिताको फुटबलतर्फ बागमती प्रदेशका कुल १३ टोलीहरुको सहभागिता रहेको थियो । यसअघि महिला फुटबलतर्फको स्वर्ण काठमाडौंले हात पारेको थियो ।