आज देशका अधिकांश स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० जेष्ठ १०, बुधबार ०८:२३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । यी पाँच प्रदेशका एक÷दुई स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागहरुका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज र भोलि यो सिलसिला जारी रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।