हेटौंडामा सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया
मकवानपुर । हेटौंडामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
उक्त कार्यक्रम बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले मकवानपुरका १० वटै स्थानीय तहमा भएका परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी विषयको तथ्याङक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौंडा अस्पतालका प्रसुती रोग विशेषज्ञ विदुर भण्डारी लगायतले पनि यसै विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर साखाको सभाहलमा भएको हो ।
