रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने बताएका छन् । राष्ट्रपति पौडेलले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले सार्वजनिक सेवा प्रसारणको व्यवस्था गर्न यी दुई मिडियालाई आपसमा गाभेर एकीकृत प्रसारण सेवा सुरु गर्ने जानकारी दिए ।
यस्तै, प्रेस काउन्सिललाई सबै सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सबै विषयवस्तुको नियमन गर्ने गरी नयाँ कानूनी व्यवस्थासहित मिडिया काउन्सिलमा रूपान्तरण गरिने बताए ।
यस्तै, जनतालाई वडा तहबाट नै अनलाइन सेवा प्रदान गरिने उनले बताए ।
