आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० जेष्ठ ४, बिहीबार ०८:०३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।