१२ दिनदेखि हराएका गुरुङ मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार १८:२१

तनहुँ । तनहुँमा १२ दिनदेखि बेपत्ता भएका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । गत बैशाख १७ गतेदेखि बेपत्ता भएका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खसेर मृत्यु भएको अवस्थामा बिहीबार दिउँसो परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।का प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।