सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँले घट्यो
काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउँ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै सस्तिदै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको भाउ भने आज एकैदिन तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।
