बिहीबार सुनको भाउ स्थिर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी गराएको हो ।
यससँगै, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ । आज १५ रुपैयाँ घटेको चाँदी हिजो बुधबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
