सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ पुग्यो

तु खबर संवाददाता
२०८० बैशाख २७, बुधबार १५:३१

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ बुधबार थप ४ सय रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको भाउ समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने गत तीन दिनदेखि स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।