कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

तु खबर संवाददाता
२०८० बैशाख २५, सोमबार १५:३९

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज छापावाल सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ । सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको भाउ प्रतितोलामा १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।