रास्वपा बैकल्पिक राजनीतिको अन्तिम प्रयोग होइनः डा. भट्टराई
मकवानपुर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैकल्पिक राजनीतिक शक्तिको अन्तिम प्रयोग नभएको बताएका छन् ।
हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै डा. भट्टराईले पुराना राजनीतिक दलबाट आजित भएका जनताले बैकल्पिक राजनीतिक शक्तिको खोजि गरिरहेको र रास्वपा त्यसैको एउटा प्रयोगमात्र भएको बताए ।
‘रास्वपाको उदयलाई हामीले बैकल्पिक राजनीतिक शक्तिको एउटा प्रयोगको रुपमा बुझेका छौँ । त्यो नै पहिलो र अन्तिम होइन ।’ भट्टराईले भने ।
उनले राज्यव्यवस्था प्रति जनताको असन्तुष्टि जायज भएको बताउँदै जतिसक्दो चाँडो अग्रगामी समाधान खोजिनुपर्ने बताए ।
