मुगुको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् ।
यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।
