सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

तु खबर संवाददाता
२०८० बैशाख २४, आईतवार ०९:०९
file-photo

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा सुनुवाइ हुने भएको हो ।

यसअघि जाहेरवालाको तर्फबाट चार कानून व्यवसायीहरूले बहस गरेपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।